टी-२० बरियतामा नेपाल खस्कियाे

अन्तराष्ट्रिय क्रिकेट परिषदको , नयाँ टी २० वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो । तर  लगातारको खराब प्रदर्शनका कारण नेपालको वरीयतामा ठुलो गिरावट आएको हो । नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ ।

नेपालको टी-२० बरियतामा उच्च स्थान ११ औं हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ ।

नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमा रहेको छ । वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest