हङकङकाे जितले नेपाल इस्टर्न रिजनबाट लगभग बाहिर

नेपाल एसीसी टी २० इस्टर्न रिजन प्रतियोगिताबाट लगभग बाहिर भएको छ । हङकङले थाइल्याण्डलाई हराएसँगै नेपालको शिर्ष दुईमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

पहिलो ब्याटिङ गरेको घरेलु टिम थाइल्याण्डले २० ओभरमा आठ विकेट गुमाउदै ७७ रन बनायो । जवाफमा हङकङले ७८ रनको लक्ष्य सात ओभर चार बलमा मात्र दुई विकेट गुमाउँदै पुरा गर्यो ।

यो नतिजापछि नेपालले बाँकी दुई खेल जितेपछि शिर्ष दुई स्थानमा पुग्न असम्भव रहेको छ । प्रतियोगितामा अब नेपालले दुई खेल खेल्न बाँकी छ । जसमा नेपालले थाइल्याण्ड र सिंगापुरसँग खेल्न बाँकी छ । यता तालिकाको शिर्ष स्थानमा रहेको सिंगापुरको चार अंक छ भने हङकङ र मलेसियाको पनि चार अंक भएको छ ।

अब मलेसिया, सिंगापुर र हङकङलाइ शिर्ष २ मा पुग्न एक जित भए पुग्छ ।

यस्तोमा नेपालले बाँकी दुई खेलमा जित निकालेपछि चार अंक हुनेछ । तर रनरेटमा नेपाल शिर्ष दुईमा पुग्न निकै कठिन रहेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा मलेसिया र सिंगापुर खेल्नेछन । यदि नेपालले सिंगापुरलाई हराएपनि यता मलेसिया र हङकङले रनरेटमा नेपाललाई पछि पार्ने बलियो संभावना रहेको छ । मलेसियाले तीनै खेल खेलिसकेको छ ।

हङकङले अझै दुई खेल खेल्न बाँकी छ । जसमा उसले सिंगापुरसँग खेल्न बाँकी छ । सो खेलमा भारी अन्तरले हारेमा र अन्तिम खेलमा मलेसियासँग पराजित भएमा सिंगापुर र हङकङ शिर्ष दुईमा पुग्नेछन । यदि अन्तिम खेलमा मलेसिया पराजित भएमा हङकङ शिर्ष दुईमा पुग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest