नेपालको पहिलो जित

एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । सर्वाधिक कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । यस अघि नेपालले कुवेतविरुद्ध १५ ओभर ५ बलमा ७ विकेट गुमाएर जित निकालेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनाएको थियो ।
थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अबिशनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।

सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिदैं एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।

थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पुरा गर्दा कुशल मल्लले उत्कृष्ट पारि खेले । पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ३६ रनको नट आउट पारि खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी पवर्न शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल फेस गर्दा ३ छक्का र २ चौका प्रहार गरे ।

नेपालले एक मात्र विकेट पारसको रुपमा गुमाएको हो । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest