नेपाल एसीसी टी २० इस्र्टन रिजनबाट एक खेल अगावै बाहिरीएको छ । आज भएको खेलमा सिंगापुरले हङकङलाई हराएसँगै नेपालको शिर्ष दुईमा रहने संभावना समाप्त भएको हो ।
आज हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको झिनो आशा थियो । तर सिंगापुरले हङकङलाइ १र्६ रनले हराएपछि नेपालको त्यो झिनो आशापनि समाप्त भएको हो ।
नेपालका लागि हङकङले सिंगापुरलाई हराउने र अन्तिम खेलमा नेपालले सिंगापुरलाई हराएर हङकङले मलेसियालाई हराउनुपर्ने इक्वेसन थियो । जसमा नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनु पर्ने अवस्था हुनसक्थ्यो । तर सिंगापुर विजयी भएपछि सबै इक्वेसन समाप्त भएको छ ।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार ब्यहोरेको थियो । तेस्रो खेलमा आएर कमजोर टिम थाइल्याण्डलाई नौ विकेटले हराएर अंक जोडेको थियो ।
तर त्यसको चार घण्टामा नै नेपालका लागि दुखद खबर आयो । जसमा सिंगापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतीमा एक सय ६८ रन बनायो । उसका लागि टिम डेविडले ५८ रन बनाए भने सुरेन्द्रम चन्द्रमोहनले ३२ तथा सिद्धान्त सिंहले १७ रन बनाए । यस्तै मनप्रित सिंहले ४२ रनको योगदान गरे ।
जवाफमा हङकङ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ५२ रनमा रोकियो ।
उसका लागि जेम्स जोन एट्किन्सनले ५ण् रन बनाए भने सहिद वासिफले १७ तथा किनचित शाहले १४ रन बनाए । तर उसका अरु खेलाडी सस्तैमा आउट भए । बलिङमा सिंगापुरका अनन्थ कृष्णा, अहान अचर र आर्यमन सुनीलले दुई दुई विकेट लिए ।
यो जितले सिंगापुर लगभग शिर्ष दुईमा पुगेको छ । अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ ।
Discussion about this post