भारत महिला विश्वकपकाे फाइनलमा

बर्षाका कारण खेल नभएपछि भारतीय महिला क्रिकेट टिम आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

भारत महिला टी–२० विश्वकपको फाइनलमा पुगेको पहिलो पटक हो ।

सेमिफाइनलमा भारतले इङ्ग्ल्याण्डसँग खेल्नुपर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन । सेमिफाइनलको लागि कुनै रिजर्भ डे नभएका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो ।

भारतीय महिला टिम ८ अङ्कको साथ समूह बिजेताका रूपमा सेमिफाइनलमा पुगेकाले सोहि रनरेटका कारण फाइनलमा स्थान बनायो ।

फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest