नेपालकाे अन्तिम खेलमा बर्षा बाधक

एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत आजको खेलमा बर्षाले प्रभावित गरेपछि खेल नै रद्द हुन पुग्यो ।

विहान सवा ८ बजेदेखि शुरुहुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि अन्तिममा खेल रद्द गरिएको छ । रद्द भएसँगै दुवै टिमले एक एक अंक लिएका छन् ।

७ अंकसहित सिंगापुर शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुंग्याएको छ । शीर्ष २ टिमले एसियाकप छनोटका लागि स्थान बनाउने भएकाले सिंगापुर छनोट भएको छ भने नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो । आजको खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि स्थगित भएसँगै नेपाल तीन लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पनि पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest