हङकङ र सिंगापुरले एशिया कप छनाेट खेल्ने

हङकङले एसीसी एसिया कप छनोट खेल्ने भएका छ । टी २० इस्टर्न रिजन प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ शिर्ष दुईमा रहन सफल भयो ।

यो प्रतियोगिताबाट सिंगापुर विजेताका रुपमा र हङकङ उपविजेताका रुपमा एशिया कप छनोटमा प्रवेश गरेका छन । उनीहरुले छनोटमा कुवेत र युएईसँग खेल्नेछन ।

पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३२ रन बनाउको थियो । उसका लागि विरनन्दिप सिंहले ३३ रन बनाए भने सेइद अजिजले ३० तथा खिजर हायातले २२ रन बनाए ।

जवाफमा हङकङले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि साहिद वासिफले ५० रन बनाए भने जेम्स जोन इट्किनसनले ३३ र किनचित शाहले १७ रन बनाए ।

प्रतियोगितामा सात अंकका साथ सिंगापुर शिर्ष स्थानमा रह्यो भने ६ अंकका साथ हङकङ दोस्रो स्थानमा रहन सफल भए । जसका कारण यी दुई टिमले मलेसियामा हुने एशिया कप छनोट खेल्ने भएका हुन । चार अंक बनाएको मलेसिया तेस्रो हुँदा तीन अंक बनाउदै नेपाल चौथो भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest