नेपाली टिम स्वदेश फिर्ता

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा खराव प्रदर्शन गरेको नेपाली टिम आज स्वदेश फर्किएको छ ।

थाइल्याण्डमा भएको प्रतियोगितामा चौथो स्थानमा रहेर घर फर्किएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले नराम्रो खेलेको बताए ।

उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्ड गएको नेपाली टिम निकै खराब नतिजाका साथ स्वदेश फर्किदा खेलाडीको अनुहा निकै निरास देखिएको थियो । नेपालले खेलेका चार खेलमा एक जित एक बराबरी र दुईमा हार ब्यहोरेको थियो ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने हङकङसँग ४३ रनले हार्न पुगेको थियो । आइसीसी विश्वकप छनोट अन्तर्गत सिंगापुरमा भएको एशिया क्वालिफायर्सपछि नेपाली टिमले यस्तो नराम्रो नतिजा हात पारेको हो ।

थाइल्याण्ड बाहेकको खेलमा नेपालका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । यसपटक पनि नेपाली टिमको ओपनिङ जोडी परिवर्तन हुँदा फेल खायो ।

चार खेलमा नेपालले दुई वटा जोडीलाई ओपनिङका लागि पठाएको थियो । तर दुबै जोडीले राम्रो गर्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest