पाकिस्तानी पूर्व क्रिकेटर सक्लिन मुश्ताक नेपाल आउने

पाकिस्तानी पूर्व क्रिकेटर सकलेन मुश्ताक नेपाल आउने भएका छन् । उनी वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमीे (वाईवाई जीएचसीए)ले सञ्चालन गरेको कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

१४ अप्रिल देखि २१ अप्रिलसम्म नेपालमा रहने जनाइएको छ । पाकिस्तानी टेस्ट तथा एक दिवसीय क्रिकेटका सफल खेलाडी मुश्ताक हालै इंग्ल्याण्डले विश्वकप क्रिकेट जित्दा बलिङ प्रशिक्षक पनि रहेका थिए ।

उनले न्यूजिल्याण्ड, वेस्टइण्डिज, अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश लगाएतको क्रिकेट टिमसँग काम गरिसकेका छन् ।

काठमाडौंमा रहँदा ‘मास्टर क्लास विथ सकलेन मुश्ताक’ सञ्चालन हुने र त्यसका लागि इच्छुक नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गर्न पनि वाईवाई जीएचसीएले आग्रह गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest