अष्ट्रेलिया पहिले ब्याटिङमा

आइसीसी महिला टी २० विश्वकपको फाइनलमा अहिले अष्ट्रेलिया र भारत विच प्रतिस्पर्धा भइरहेको छ । जसमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

भारत अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने अस्ट्रेलिया समूह चरणमा भारतसँगै पराजित भएको थियो । सेमिफाइनल वर्षाले प्रभावित भएपछि भारत सिधै फाइनलमा पुग्न सफल भयो ।

समूह चरणमा शीर्ष स्थानमा रहेको आधारमा भारत फाइनल पुग्दा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

भारतीय टिम हरमनप्रित कौरको कप्तानीमा छ भने अस्ट्रेलिया मेघ लानिङको कप्तानीमा छ । घरेलु टोली अस्ट्रेलिया महिला विश्वकपमा सर्वाधिक सफल टिम हो भने भारत पहिलो पटक फाइनलमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest