अष्ट्रेलियाद्वारा भारतसामु एक सय ८५ रनको लक्ष्य

आइसीसी महिला टी २० विश्वकपको उपाधिका लागि अहिले भारत र अष्ट्रेलिया विच प्रतिस्पर्धा भइरहेको छ । जसमा अष्ट्रेलियाले भारतलाई एक सय ८५ रनको लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनायो । बलियो सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय १५ रनको साझेदारी गरेको थियो ।

जसमा एलिशा हेलीले ७५ रन बनाइन । उनी टी २० मा अष्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन । उनले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गरिन ।

यस्तै मेग लानिङले १६ रनको योगदान गरिन । एक सय ५६ रनमा तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि एस्लेइघ गार्डनेरले मात्र दुई रन बनाइन भने बेथ मोनीले ७८ रन बनाइन ।

यस्तै रिचेल हायनेस चार रनमा आउट हुँदा अष्ट्रेलियाले एक सय ७६ रनमा चौथो विकेट गुमायो । बलिङमा दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest