अष्ट्रेलिया फेरी विश्वकपकाे च्याम्पियन

आइसीसी महिला टी २० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा पहिलो पटक फाइनल खेलेको भारतलाई ८५ रनले हराउँदै अष्ट्रेलियाले पाँचौ पटक महिला टी २० विश्वकपको उपाधि उचाल्न सफल भयो ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनायो । बलियो सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय १५ रनको साझेदारी गरेको थियो ।

जसमा एलिशा हेलीले ७५ रन बनाइन । उनी टी २० मा अष्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन । उनले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गरिन ।

यस्तै मेग लानिङले १६ रनको योगदान गरिन । एक सय ५६ रनमा तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि एस्लेइघ गार्डनेरले मात्र दुई रन बनाइन भने बेथ मोनीले ७८ रन बनाइन ।

यस्तै रिचेल हायनेस चार रनमा आउट हुँदा अष्ट्रेलियाले एक सय ७६ रनमा चौथो विकेट गुमायो । बलिङमा दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन ।

जवाफमा भारत १९ ओभर एक बलमा ९९ रनमा समेटियाे ।

निकै खराव सुरुवात गरेको भारतले १८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । दुई रनमा पहिलो विकेट गुमाएको भारतले आठ रनमा दोस्रो विकेट खेर फालेको थियो । भारतकी सेफाली बर्मा मात्र दुई रनमा आउट भइन भने तानीया भाटियापनि दुई रनमा रिटायर्ड हर्ट भइन । त्यसपछि जमिमा रोद्रिगुइजपनि खाता खोल्न नपाउँदै आउट भएपछि भारत ठुलो दबावमा पर्यो ।

त्यसको लगत्तै स्मृती मन्दानापनि ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किइन । भारतको टप अडर ब्याटिङ ध्वस्त हुँदा मध्यक्रमका खेलाडीले केहि संयमित भएर खेलेका थिए । उसकी कप्तान हरप्रित कौरपनि चार रनमा आउट भएपछि भारतले ३० रनमा चौथो विकेट गुमायो । त्यसपछि भेदा कृष्णमुर्ती पनि १९ रनमा पेभेलियन फर्किइन । जसका कारण भारतले ५८ रनमा पाँच विकेट गुमायो ।

त्यसपछि दिप्ती शर्मा ३३ तथा रिचा घोषले १८ रन बनाउँदा अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए । शिखा पाण्डे दुई रनमा आउट भइन भने राधा यादव एक रनमा पेभेलियन फर्किइन ।

भारतको पारीलाई ध्वस्त पार्न मेघन सुतले तीन तथा जेस जोनासिनले चार विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest