बुटवलले गर्यो पेट्रियोटिक र दमकसँग सम्झौता

पोखरा प्रिमियर लिगको फ्रञ्चाइज बुटवल ब्लास्टर्सले युवा क्रिकेटरहरुको बिकासलाई लक्षित गर्दै झापाको पेट्रियोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर र दमक क्रिकेट क्लबसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बुटवलले पेट्रियोटिक र दमकसँग आबद्ध युवा क्रिकेटरहरुलाई आफ्नो प्रशिक्षण शिविरका साथै हाई पर्फर्मेन्स क्याम्पमा पनि सहभागि गराउने छ । पेट्रियोटिक र दमकका खेलाडीहरुले बुटवलको लोगो आफुे प्रशिक्षण गर्दा र प्रतियोगितामा सहभागि हुँदाका जर्सिमा लगाउने छन् ।

बुटवलका प्रबन्ध निर्देशक अमित पोखरेल र दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक बर्षे सम्झौताको अवधि दुवै पक्षको आपसी सहमतिमा थप्न पनि सकिनेछ ।

ूयो सम्झौताले हामी निकै उत्साहित छौं । आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्मको खोजिमा रहेका युवा खेलाडीहरुका लागि यो राम्रो मौका हो । आशा गरौं यो सम्झौता नेपाली क्रिकेटको समग्र बिकासमै सहयोग पुर्याउनेछ,ू पेट्रियोटिकका अध्यक्ष रोशन धितालले भने ।

दमक क्रिकेट क्लबले भविष्यमा आयोजना गर्ने प्रतियोगिताहरुमा पनि बुटवलले समहयोग गर्नेछ । कार्यक्रममा पेट्रियोटिककी उपाध्यक्ष प्रनिता पोखरेल र सचिव दिपेश रिमालको पनि उपस्थिति पनि रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest