अन्तिम खेलमा आयरल्याण्ड विजयी

अफगानिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टी २० खेलमा आयरल्याण्डले सुपर ओभरमा जित निकालेको छ । जितपछि पनि आयरल्याण्डले तीन खेलको सिरीज दुई एकले गुमाएको छ ।

भारतको ग्रेटर नोइडामा भएको सिरिजको अन्तिम खेलमा टस जितेर पहिले ब्यािटङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ एक सय ४२ रनको योगफल बनाएको थियो । खराव सुरुवात गरेको आयरल्याण्डले १२ रनमा दुई विकेट गुमाएको थियो ।

उसको पारीलाई ग्यारेथ डेलेनी र केभिन ओब्रायन मिलेर उकासेका थिए । तेस्रो विकेटका लागि यी दुई खेलाडीले ६२ रनको साझेदारी गरे । उसका लागि डिलेनीले ३७, ह्यारी टेक्टरले ३१ रन, केभिन ओ ब्रायनले २६ तथा सिमी सिंहले अविजित १२ रन जोडे । अन्य खेलाडीले दोहोरोन अंकको रन बटुल्न सकेनन् ।

आयरल्याण्डलाई मध्यम स्कोरमा रोक्न नाभिन उल हक र क्वाइस अहमदले सामान तीन तीन विकेट लिए ।

जवाफमा अफगानिस्तानले पनि २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन नै बनाएपछि खेल टाई भएको हो ।

उत्कृष्ट सुरुवात गरेको अफ्गानिस्तानले पहिलो विकेटको लागि ६० रनको उत्कृष्ट साझेदारी गरेको थियो । उसका लागि रहमानुल्लाह गुरबाजले ४२ रन बनाए भने अस्घर अफगानले ३२ तथा उस्मान घानीले १८ रन बनाए । यस्तै करिम जनतले १७ रन जोडे ।

अन्तिम बलमा अफगानिस्तानलाई जितका लागि पाँच रन चाहिएको थियो । तर उसले चौका हान्दै खेल बराबरी गर्यो । सुपर ओभरमा अफगानिस्तानले नौ रनको लक्ष्य दियो । जसलाई आयरल्याण्डले एक विकेट गुमाउदै पुरा गर्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest