आईपीएल खाली स्टेडियममा हुनसक्ने

विश्वमा निरन्तर फैलीरहेको कोरोना भाइरसको बढ्दो घटनाका कारण यस सिजनको इन्डियन प्रिमियर लिग(आईपीएल) मा पनि प्रभाव परेको बताइएको छ ।

भारतको सबैभन्दा लोकप्रिय टी २० लीग सुरू हुन २० दिन भन्दा पनि कम समय बाँकी छ त्यसैले यसको संगठनहरु सम्भावित कदमबारे छलफलमा लागेको बताइएको छ ।

रिपोर्टका अनुसार यस सिजनको आईपीएलको स्थगित गरिने वा मितिहरू परिवर्तन गरिने बताइएको छ । यस्तै आइपिएलका खेलहरू बन्द ढोका भित्रै आयोजना हुनसक्ने पनि बताइएको छ ।

वास्तवमा कोरोनालाई कारण विश्वका सम्पुर्ण खेलकुदले खतरनाक रूपमा लिएको छ । मानिसहरूलाई भीडभाड ठाउँबाट र एक अर्काबाट टाढा राख्न निर्देशन दिइएको छ ।

आइपिएलका केही टोलीका सरोकारवालाहरूले खेलहरु बन्द स्टेडियममा खेलाउन सुझाव दिएका छन्। यद्यपि बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले आईपीएल समयमै आयोजना गर्ने कुरा गरिसकेका छन, तर यसको बाबजुद पनि स्वास्थ्य मन्त्रालयले अर्को हप्ता बीसीसीआईसँग भेट गरी अन्तिम निर्णय लिने बताइएको छ।

आईपीएल यस पटक मार्च २९ देखि सुरु हुनेछ, जहाँ चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सको टोली उद्घाटन खेलमा आमने सामने हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest