अष्ट्रेलियन खेलाडीले खेल अगाडी हात नमिलाउने

कोरोना भाइरसले पुरै विश्वलाई नै त्रसित बनाएको छ । चीन देखि अमेरिका र भारत देखि अष्ट्रेलिया हरेक ठाँउमा यसको असर देखिएको छ ।

कोरोना भाइरसका कारण धेरै कार्यक्रम रद्द गर्नु परेको छ र यसले क्रिकेट जगतमा पनि असर गरेको छ । अष्ट्रेलिया क्रिकेट टिमले यस्तो अवस्थामा कोराेनाकाे बिरुद्ध ठुलो निर्णय लिएको छ ।

अष्ट्रेलियासँग पर्याप्त सेनिटाइजर रहेको छ र यस कारणले उनीहरु हात मिलाउन नडराउने बताएका छन् । अन्य देशका खेलाडीहरुले खेलअघि हात नमिलाउने बताए पनि अष्ट्रेलिया टिमका खेलाडीहरुले भने हात मिलाउने घोषणा गरेका छन् ।

अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लिंगरले आफ्नो टिमका खेलाडीहरुले हात मिलाउने बताएका हुन् । ‘हामी हत मिलाउने कार्य जारी राख्नेछौँ, हामीसँग पर्याप्त मात्रामा ह्यान्ड सेनिटाइजर छ’ प्रशिक्षक लिंगरले बताए ।

टिमका खेलाडी ड्रेसिङ रुम अथवा मैदानमा कुनै न कुनै किसिमले एक अर्काको सम्पर्कमा आउने छन् । यस प्रक्रियामा कुनै बदलाव गरिएको छैन् । कोरोना भाइरसले विश्वभरि १ लाख भन्दा बदि प्रभावित भएको पुष्टि भइसकेको छ । अहिले सम्म यस संक्रमक बिरामीमध्ये ३ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण इंग्ल्यान्ड क्रिकेट टिमले विपक्षी खेलाडीहरु र प्रशंसकहरुसँग हात मिलाउन बन्द गरेका छन् भने त्यहि अष्ट्रेलिया टिमले भने हात मिलाउने कुरा बताए । अष्ट्रेलिया टिमले चेपल हेडली ट्रफिमा शुक्रवार देखि न्यूजिल्यान्डसँग ३ एकदिवसीय खेलको श्रृंखला खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest