विश्व-११ र एशिया-११ विचकाे क्रिकेट प्रतियाेगिता स्थगित

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले खेल्ने भनिएको विश्व ११ र एशिया ११ विचको प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।

बंगलादेश क्रिकेट संघले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउदासम्मका लागि स्थगित गरिएको छ । सेइख मुजीबुर रहमानको जन्मदिनको अवसर पारेर बंगलादेश क्रिकेट संघले यो प्रतियोगिता गर्न लागेको थियो ।

ढाकामा हुने भनिएको प्रतियोगितामा एशिया ११ बाट विराट कोहली, लसिथ मालिंगा लगायतका खेलाडी खेल्ने तयारीमा थिए । यस्तै टिममा नेपाली खेलाडी सन्दिप लामिछानेपनि परेका थिए ।

तर बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सुचना नआउदासम्मका लागि स्थगित भएको बताए । यसका साथै बोर्डले एआर रहमानको सांगितीक कार्यक्रमपनि स्थगित गरेको छ । सेरे बांगला राष्ट्रिय रंगशालामा हुने सो कार्यक्रमका लागि बोर्डले तयारी अन्तिम चरणमा पुर्याएको थियो ।

पछिल्लो पटक कोरोना भाइरसको त्रासका कारण हरेक देशले सावधानी अपनाइरहेका छन । जसका लागि सुरक्षा ब्यवस्था कडा गर्नुका साथै जथाभावी भिड गर्र्न रोक लगाएको छ । बंगलादेश सरकारले पनि कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाइरहेको छ ।

बोर्डले अरु कार्यक्रम स्थगित भएपनि ढाका प्रिमियर लिग क्रिकेट भने तोकेको समयमा नै हुने बताएका छन । सो प्रतियोगितामा धेरै समर्थकको उपस्थिती नहुने भन्दै प्रतियोगिता गर्न लागेको हो । यसका साथै जिम्बावेसँगको टी २० सिरीजमा पनि बोर्डले टिकट विक्रिमा रोक लगाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest