टी-२० काे ब्याटिङमा पारसकाे बरियता तल झर्याे

अन्तराष्ट्रिय क्रिकेट परिषदको टी-२० बरियताकाे ब्याटिङमा नेपाली खेलाडी पारस खड्का तल झरेका छन ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङमा पारस ७५ औं स्थानमा पुगेका छन । यसअघि उनी ६३ औं स्थानमा थिए ।

बलिङमा सन्दीप लामिछानेले दुई स्थान सुधार गर्दै ८४ औं स्थानमा पुगेका छन । यसअघि उनी ८६ औं स्थानमा  थिए ।

अलराउण्डरतर्फ पारस यथावत रहदा करण केसीको वरीयता झरेकाे छ । पारस २६ औं स्थानमा छन भने करण ८८ औं स्थानमा छन् । यस्तै सोमपाल कामी ७३ औं स्थानमा कायम रहेका छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest