बालुवाटार च्याम्पियन

काठमाडौं जिल्ला सिनियर छनोट क्रिकेट प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट क्लबले उचालेकाे छ । फाइनलमा महावीर क्लबलाई ६ विकेटले हराउँदै बालुवाटार च्याम्पियन बन्याे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे महावीर क्लव ४६ ओभर एक बलमा एक सय ५८ रनमा अलआउट भयो। उसका लागि बिभत्सु थापाले सर्वाधिक ६७ रन बनाए । बलिङमा बालुवाटारका सोनु तामाङले ४ विकेट र सुमन उदयले ३ विकेट लिए।

जवाफमा बालुवाटारले ३८ ओभर चार बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । उसकाे जितमा सुमन उदयले ५० रन र सोनु तामाङले अविजीत ५२ रन बनाए ।

प्रतियाेगितामा न्यु भिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान, केसीटीसीका उज्वल थापा उत्कृष्ट बलर र बालुवाटारका सुमन उदय म्यान अफ दि सिरिज भए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest