आईसीसी विश्वकप लिग २ काे छैठौं चरणकाे सिरीज स्थगित

काेराेनाकाे संक्रमणकाे डरले आईसीसी विश्वकप लिग २ काे छैठौं चरण अन्तर्गत अमेरिकामा तय भएको सिरिज स्थगित भएको छ ।

छैठौं चरणको सिरिजमा अमेरिकाले यूएई र स्कटल्याण्डसँग घरेलु भूमीमा खेल्ने तालिका थियाे । फ्लोरिडामा अप्रिल १ देखि ६ सम्म तय भएकाे प्रतियाेगितालाइ आईसीसीले स्थगित गरेकाे जनाएको छ ।

आईसीसीले साे सिरीजमा सहभागि तीनै बाेर्डसँगकाे छलफलपछि स्थगित गर्ने निणय गरेकाे हाे । काेराेनाकाे संक्रमण बढेपछि यतिबेल अमेरीकी सरकारले युराेपका सबै फ्लाइटलाइ बन्द गरेकाे छ ।

लिग-२ अन्तर्गत नेपालले नामिबियामा अप्रिल २० देखि  नामिबिया र स्कटल्याण्ड खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest