इंग्ल्याण्डले श्रीलंका विरुद्धको टेष्ट सिरीज रद्द गर्याे

कोरोनाको त्रासका कारण इंग्ल्याण्डले श्रीलंका विरुद्धको टेष्ट सिरीज रद्द गरेको छ । अन्तिम समयमा प्रतियोगिता रद्द गरेपछि इंग्ल्याण्डका खेलाडीलाई तत्काल इंग्ल्याण्डमा फिर्ता बोलाइने भएको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले संयुक्त रुपमा विज्ञेप्ती निकाल्दै प्रतियोगिता रद्द गरेको जनाएको छ । जसमा खेलाडीलाई शारिरीक र मानसिक दबाव नहोस भनेर यो निर्णय लिएको जनाएको छ । यसका साथै निकट भविष्यमा नै श्रीलंका टुर गर्ने बताइएको छ ।

यो निर्णयपछि इंग्ल्याण्डको श्रीलंका ११ सँगका अभ्यास खेलपनि रद्द भएको छ । बीसीसीआईले आइपीएल सार्ने बताएसँगै इसीबीले पनि श्रीलंकासँगको सिरीज रद्द गरेको हो । यो सिरीज १९ मार्चदेखि गालेमा सुरु हुने थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest