अष्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित

अष्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ ।

सिड्नीमा भएकाे खेलमा टस जितेर ब्याटिङ गरेको अष्टे«लियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । उसका लागि डेविड वार्नरले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आरोन फिन्चले ६० रन जोडे ।

पहिलो विकेटका लागि वार्नर र फिन्चले १ सय २४ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै मार्नस लाबुसेनले ५६ रन बनाए भने प्याट कमिन्स १४ रनमा अविजित रहे । स्टिभ स्मिथ १४, डी आर्सी सट ५, मिचेल मार्श २७, विकेटकिपर एलेक्स करी १ रनमा आउट भए ।

न्युजिल्यान्डका स्पिनर ईश सोधीले ३ विकेट लिए । तीब्र गतिका बलर ल्योकी फर्गुसनले २ विकेट हात पारे ।

जवाफमा न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट भयाे । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ४० रनको योगदान दिए । यस्तै हेनरी निकोलस १०, कप्तान केन विलियम्सन १९ र रस टेलर ४ रनमा आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।

टम लाथम ३८ रन तथा कोलिन डी ग्रान्डहोमले २५, मिचेल सान्टनार र ईश सोधीले १४–१४ रन जोडेपनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

दोस्रो खेल आइतबार सिड्नीमा हुने छ । कोरोना भाईरसको कारण आज खाली स्टेडियममा खेल भएको थियो । बाँकी सबै खेल पनि खाली स्टेडियमा हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest