भारत र दक्षिण अफ्रिकाकाे सिरीज रद्द

काेराेनाकाे त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन ।

यसअघि बन्द रंगशालामा खेलाउने बताइएपनि अन्तिम समयमा दुबै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेकाे छ ।

यी २ टिम बिचकाे पहिलाे खेल बर्षाका कारण टस नै नभइ रद्द भएकाे थियाे । बाँकी २ खेलमा काेराेनाकाे संक्रमणलाइ मध्यनजर गरेर विना दर्शक खेलाउने बताइएकाे थियाे ।

तर यतिबेला लखनउ र ईडेन गार्डेनमा हुने खेल रद्द गरिएकाे छ । सिरीज रद्द भएपछि दक्षिण अफ्रिकाको टिम स्वदेश फर्किने भएकाे छ ।

बीसीसीआईले काेराेनाकाे त्रासका कारण आईपीएलपनि १७ दिन पछाडी सारेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest