एकदिवसिय मान्यता पाएको दुई बर्ष

नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसिय मान्यता पाएको आज दुई बर्ष पुरा भएको छ । सन् २०१८ को मार्च १५ तारिखका दिन पपुवा न्यूगिनीलाई हराएर नेपालले पहिलो पटक आइसीसीको एकदिवसिय टिम भएको थिये ।

जिम्बावेमा भएको विश्वकप छनोटमा नवौं स्थानको प्लेअफमा पीएनजीलाई हराएर नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । त्यसपछि आइसीसीको मार्गनिर्देशनमा अगाडी बढिरहेको नेपाली क्रिकेटले यो दुई बर्षमा सोचेको भन्दा निकै कम एकदिवसिय खेल खेल्यो । नेपालले अहिलेसम्म मात्र १० वटा एकदिवसिय खेल खेलेको छ । जसमा पाँच जित र पाँचमा हार ब्यहोरेको छ ।

नेपालले सबैभन्दा धेरै युएईसँग चार र बाँकी नेदरल्याण्ड्स, ओमान र अमेरीकासँग दुई दुई खेल खेलेको छ । नेपालले आफुले खेलेका एकदिवसिय खेलमा राम्रो प्रदर्शन अमेरीकासँग गरेको छ । जसमा दुई खेलमा दुबैमा जित निकालेको छ ।

नेदरल्याण्ड्ससँग दुई खेलमा एकमा जित र एक हार ब्यहोरेको छ भने युएईसँग चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ । यस्तै ओमानसँग दुई खेलमा दुबैमा हारेको छ ।
एसोसियट क्रिकेटमा राम्रो क्रिकेट समर्थक देश भनेर परिचय बनाएको नेपाली क्रिकेट टिमपछिल्लो पटक भने खस्कदो अवस्थामा रहेको छ । नतिजाका हिसावले ।

नेपालले घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरीजमा चार खेलमा दुईमा मात्र जित निकाल्न सक्यो । टी २० मा बढि अभ्यस्त भएका कारण एकदिवसियमा नेपाली टिमले सोचेको जस्तो खेल्न नसकेको क्रिकेट आलोचक बताउछन् ।

अभिवावकको रुपमा रहेको नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा रहेका बेला नेपाली टिमले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यसको श्रेय तत्कालिन कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई जान्छ । तर अहिले अवस्था फेरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest