एक महिनासम्म वेष्ट इन्डिजमा सबै क्रिकेट गतिविधी राेकिए

क्रिकेट वेष्ट इन्डिजले एक महिनाका लागि सबै क्रिकेट प्रतियोगिता नखेल्ने जनाएको छ । यसका साथै उसले सबै प्रतियोगिता बन्द गरेको छ ।

वेष्ट इन्डिजको मेडिकल सल्लाह समितीको आग्रहमा वेष्ट इन्डिज क्रिकेट संघले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संभावित संक्रमणका कारण संघले यस्तो निर्णय गरेको हो ।

वेष्ट इन्डिज क्रिकेट संघले खेलाडी तथा अन्य पदाधिकारीको श्वास्थ्य सुरक्षा प्रमुख प्राथमिकता रहेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ । वेष्ट इन्डिज च्याम्पियनसिप अन्तिम दुई चरणका खेलहरु स्थगित गरिएको हो ।

जुन मार्च २६ देखि अप्रिल दुई तारिखसम्म हुने तय भएको थियो । यसका साथै सिएमआई वमन्स सुपर फिप्टि कप र रिजजल यू–१५ ब्याइज क्रिकेट च्याम्पियनसिप र यू–१९ गल्र्स च्याम्पियनसिप पनि स्थगित भएको छ ।

यसका साथै संघले बोर्ड डाइरेक्टरको बैठकपनि स्थगित गरेको छ । जुन एन्टिगुयामा अप्रिल १७ र १८ तारिखमा हुने तय थियो । अप्रिल १९ तारिखमा हुने बार्षिक जनरल बैठकपनि स्थगित गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest