फिन्चलाई सपनामा तर्साउने भारतीय बलर

भारतीय बलर भुवनेश्वर कुमार र जसप्रित बुम्राहले आफुलाई आउट गरेको सपनामा पनि देख्ने गरेको अष्ट्रेलियन क्रिकेट टिमका कप्तान आरोन फिन्चले बताएका छन ।

सन् २०१८ मा भारतमा खेलिएको एकदिवसिय सिरीजमा भुवनेश्वर र जसप्रितले खुबै सताएका थिए । खेलको अघिल्लो राति यी दुई बलरले आफुलाई भोलीको खेलमा आउट गर्छन भनेर सपना देख्ने गरेको खुलासा गरेका छन ।

सो बेला बोर्डर गावस्कर सिरीजमा भारतले दुई एकको जित निकालेको थियो । फिन्चले भुवनेश्वर र जसप्रित आफ्नो विकेट मजाका रुपमा लिने गरेको बताएका छन । सो सिरिजमा जसप्रितले कुल २१ विकेट लिएका थिए ।

फिन्चले अष्ट्रेलिया क्रिकेटका बारेमा सार्वजनिक भएको वेब सिरीजमा यस्तो बताएका हुन । उनले राती सपना देखेपछि विहान पसिना पसिना भएर उठ्ने गरेको र भुवनेश्वरले जहिलेपनि इन स्विङ बलिङ गरेर आउट गर्ने गरेको बताए ।

यसअघि पनि अष्ट्रेलियन लेग स्पिनर सेन वार्नपनि सचिन तेन्दुलकरसँग निकै डराउने गरेको बताएका थिए । सो बेला वार्नले पनि सचिनलाई सपनामा देख्ने गरेको खुलासा गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest