न्यूजिल्याण्डका सबै क्रिकेट गतिविधी ठप्प

न्यूजिल्याण्ड क्रिकेट बोर्डले घरेलु प्रतियोगिता अन्तर्गत कम्युनिटी क्रिकेटलाई पनि रद्द गरेको छ ।

जसमा क्लव, स्कुल क्रिकेट कार्यक्रमका साथै यो सिजनभरि प्रशिक्षण पनि रद्द गरेको छ ।

कोरोना भाइरसको बढदो संक्रमणका कारण न्यूजिल्याण्ड क्रिकेट बोर्डले यस्तो निर्णय गरेको हो । न्यूजिल्याण्डमा अहिलेसम्म २० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डका कार्यकारी निर्देशक डेविड ह्वाइटले बोर्डको चिफ मेडिकल अफिसरसँगको सल्लाहपछि यो निर्णय गरेको जनाएको छ । बोर्डले आफ्नो सोसियल मिडियामा सबै रद्द गरेको जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest