दक्षिण अफ्रिकी क्रिकेट टिम आइसोलेसनमा

कोरोना भाइरसको त्रासका कारण विचमा नै सिरीज छोडेर स्वदेश फर्किएको दक्षिण अफ्रिकी टिमका खेलाडीलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

दक्षिण अफ्रिकामा पनि कोरोना संक्रमण बढेको भन्दै भारत विरुद्धको एकदिवसिय सिरीज विचमा नै रद्द भएपछि फर्किएको दक्षिण अफ्रिकाको टिमलाई आइसोलेसनमा राखिएको हो ।

भारत विरुद्धको पहिलो एकदिवसिय खेल बर्षाका कारण रद्द हुँदा बाँकी दुई खेल कोरोनाको त्रासका कारण स्थगित भएको थियो ।

त्यसपछि दक्षिण अफ्रिकी टिम स्वदेश फर्किएको थियो । स्वदेश फर्किएपछि दक्षिण अफ्रिकी क्रिकेट टिमलाई बोर्डले सेल्फ आइसोलेसनमा बस्न भनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest