सन्जय बान्गर बंगलादेशकाे ब्याटिङ सल्लाहकार

भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान प्रशिक्षक सन्जय बान्गरलाई अब अर्को टिमको जिम्मेवारी पाउने सम्भावना रहेको छ । उनलाई बंगलादेशले ब्याटिङ सल्लाहकार नियुक्त गर्ने खबर सार्वजनिक भएको छ ।

बांगरलाइ यो जिम्मेवारी अष्टे«लियाबिरुद्ध जूनमा हुने २ टेस्ट खेलको श्रृंखलासम्म दिइन सक्ने छ । २०२० देखि फेब्रुअरी २०२१ सम्म बांगरलाई ११० दिनको कन्ट्रयाक्ट दिन सक्ने बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्डका चीफ एग्जीक्यूटिव निजामुद्दीन चौधरीले बताए कि “हामीले सन्जय बांगरसँग कुरा गरेका छै तर अहिले सम्म कुनै निर्णय भने भइसकेको छैन् । बांगर बाहेक हामी केहि अरु व्यक्तिहरुसँग पनि कुरा गरिरहेका थियौं ।”

चाैधरीले बताए कि “म्याकेन्जी सीमित ओभरको ब्याट्ङि प्रशिक्षक हुन् तर उनी अहिले टेस्ट टिमको पनि अतिरिक्त जिम्मेवारी सम्भालिरहेका छन् । टेस्ट क्रिकेटका लागि नयाँ ब्याट्ङि प्रशिक्षक सल्लाहकार प्राप्त नगरे सम्म उनले यस अतिरिक्त जिम्मेदारी सम्हाल्ने छन् ।”

यसभन्दा पहिला सन्जय बांगर २९१४ देखि २०१९ सम्म भारतीय टिमसँग काम गरिसकेका छन् । यसबाहेक २०१६ मा जिम्बावे भ्रमण र २०१७ मा वेस्टइन्डीज भ्रमणमा उनी भारतीय टिमका अन्तरिम मूख्य प्रशिक्षक पनि रहिसकेका छन् ।

विश्वकप २०१९ पछि बांगरको कार्यकाल सकियो र उनको ठाँउमा विक्रम राठौरलाइ ब्याट्ङि प्रशिक्षक बनाइयो । सन्जय बांगरले भारतीय टिमसँग धेरै राम्रो काम गरेका थिए र उनको उत्क्रष्ट अनुभवलाई हेरेर बंगलादेश टिमले उनलाई ब्याट्ङि सल्लाहकार बनाउने निर्णय गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest