नामिबियामा हुने आइसीसी विश्वकप क्रिकेट लिग दुई स्थगित हुने संभावना

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले नामिवियामा खेल्ने त्रिकोणात्मक सिरीज रद्द हुने प्रबल संभावना रहेकाे छ ।

पछिल्लो पटक विश्वभर फैलिएको कोरोनाको बढ्दो संक्रमणका कारण अप्रिल २० देखि २७ तारिखसम्म नामिवियामा हुने भनिएको सिरीज रद्द हुने भएको हो ।

कोरोनाका कारण एक देशबाट अर्को देश जान कठिनाई हुने भन्दै स्कटल्याण्ड क्रिकेट बोर्डले पनि आइसीसीलाई यो सिरीज सार्नका लागि पत्राचार गरेको थियो ।

यता नामिविया क्रिकेट संघले पनि प्रतियोगिता गर्नेमा ढुक्क किसिमले जवाफमा दिन बाँकी रहेको बताइएको छ । प्रतियोगिताको तालिका स्थगित भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षणपनि सुरु नहने भएको छ । अब यो सिरीज कहिले हुन्छ त्यो एकिन छैन । त्यसैले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो ।

आइसीसीले केहि साता अगाडी अमेरीकामा हुने भनिएको स्कटल्याण्ड र युएईको सिरीज रद्द गरिसकेको छ । चार बर्षे यो साइकलमा ओमान १६ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने अमेरीका दोस्रो, स्कटल्याण्ड नौ अंकका साथ तेस्रो स्थानमा छ । युएईले सात खेलमा सात अंक बनाएको छ भने नेपालले चार खेलमा दुई जित र दुई हारसहित चार अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest