एलिसले खेल जीवनबाट सन्यास लिए

न्युजिल्यान्डका बलिङ अउलराउन्डर एन्ड्रे एलिसले खेल जीवनबाट सन्यास लिएका छ। सन् २००२–३ मा शुरू गरेका उनले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एलिसले २०१२ र २०१३ मा १५ एकदिवसीय र पाँच टी २० खेलेका छन् ।

एलिस न्यूजिल्याण्डको घरेलु इतिहासमा फस्ट क्लास १०६, लिस्ट ए १३३ र १२७ टी २० मध्ये प्रत्येक प्रारूपमा १०० भन्दा बढी खेल खेल्ने दोस्रो खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय डेब्यू गर्नु भन्दा पहिले एलिसले घरेलु सर्किटमा बिताएको १० बर्षमा उनले स्वास्थ्य अवस्थाका कारण तनावको सामना गर्नुपरेको थियो। अप्रिल २०१० मा गरिएको शल्यक्रियापछि उनले लगातार खेले र न्यूजील्याण्डको टिममा सम्मिलित हुन मद्दत गर्‍यो।

उनले २०१२ मा जिम्बावेको बिरूद्ध एकदिवसीय क्रिकेटको शुरुवात गरे र वेस्टइन्डिज र श्रीलंका भ्रमण गर्नु अघि दक्षिण अफ्रिकाको बिरूद्ध घरेलु श्रृंखला खेलेका थिए

उनले १५ एकदिवसीय खेलमा ३५.४१ को औसतमा १२ विकेट मात्र हासिल गर्न सफल भए । उनको टी २० करियर भने अझ छोटो रहेको छ । उसले ५ खेलमा मात्र दुई विकेट लिए।

२०१४–१५ र २०१५–१६ सत्रमा एन्एजसीद्धारा दुई पटक पुरुषको डोमेस्टिक खेलाडीको रूपमा नाम कमाउन एलिस एक मात्र खेलाडी थिए।

२०१६–१७ सीजन उनको करियरको मुख्य आकर्षण थियो किनकि उनले कप्तानको रूपमा पहिलो वर्षमा प्लन्केट शिल्ड र फोर्ड ट्राफी उठाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest