क्यानले सबै गतिविधि बन्द

नेपाल क्रिकेट संघले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेपछि चैतमा हुने भनिएको पीएम एकदिवसीय क्रिकेटपनि स्थगित भएको छ ।

क्यानले बिहिबार सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । जसका कारण सबै क्रिकेट गतिविधि अनिष्चितकालका लागि स्थगित गरिएको छ । यसको मारमा पीएम कप पनि परेको छ ।

क्यानले केन्द्रका साथै प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले यो निर्णय गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest