आईपीएलका बिषयमा बीसीसीआईले भिडियाे कन्फ्रेन्स गर्ने

आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार छलफल गर्ने भएको छ । बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने तयारी गरिएको छ ।

बीसीसीआईले अहिले कार्यालय पनि बन्द गरेको छ भने कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् ।

यस्तामा बीसीसीआईले मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न लागेको हो । बीसीसीआईले २९ मार्चदेखि शुरुहुनु पर्ने आईपीएल १५ अप्रिलसम्म स्थगन गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest