अकमल विवादमा

पाकिस्तानी क्रिकेटर उमर अकलम फेरि विवादमा तानिएका छन् । जसका कारण उनी प्रतिबन्धमा पर्ने खतरा पनि रहेको छ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले अकमललाई एन्टी करप्शन कोडका २ वटा आरोप लगाएको छ ।

ती आरोप प्रमाणित भए अकमल आजिवन प्रतिबन्धमा पर्ने खतरा रहेको छ । उनी यसअघि नै ६ महिनाका लागि प्रतिबन्धमा भने परिसकेका छन् । पीसीबीले फेब्रुअरीमा प्रतिबन्ध गरेको थियो । जसका कारण अकमलले पाकिस्तान सुपर लिग गुमाएका थिए । फेरि एन्टी करप्सन कोड उल्लंघन गरेको भन्दै पीसीबीले नोटिस पठाएको छ । उनले ३१ मार्चसम्म जवाफ दिन भनेको छ ।

२९ वर्षिय अकमलको करियर विवाद मुक्त भने छैन् । सन् २००९ देखि उनी पटक पटक विवादमा पर्दै आएका खेलाडी हुन् । जसका कारण डेब्यु टेस्टमै शतक बनाएक अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् । उनले १२१ एक दिवसीय तथा ८४ टी २० खेलेका छन् । उनी पछिल्लो समय २०१९ मा अस्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट खेलेका थिए ।

यो सिजनको पीएसएलको शुरुमै फिटनेस टेस्ट गर्दा प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालिन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि क्याम्पबाटै आउट भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest