काेराेनाका कारण गाैतमबुद्ध रंगशालाकाे काम स्थगित

काेराेना भाइरसकाे संक्रमणबाट बच्नका लागि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाकाे काम अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे छ ।

गतवर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण सुरू भएकाे रंगशालाकाे चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएकाे छ । तर सरकारले २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाे र रंगशालामा कामदार मात्रै साढे २ सय भन्दा बढी रहेकाले कुनै जाेखिन नमाेल्नका लागि  तत्कालका लागि काम राेकिएकाे जनाइएकाे छ ।

यसका साथै निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने र सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम सामान्य अवस्था नहुन्जेलसम्म स्थगित गरिएकाे छ ।

रंगशालामा ६४ वटा पिल्लरको लागि फलामको रड बंग्याउने, बाँध्ने र पिल्लरको आकार बनाउने काम पुरा भएको जनाएकाे छ । खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको, प्याराफिटको पिल्लरको पिसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ धुर्मुस सुन्तलि फाउन्डेसनले जनाएकाे छ ।

यस्तै २ मिटर चौडाई र २ दशमलब ३७ मिटर उचाई रहेको ड्रेन तयार भईसकेको छ । जसमा आकाशे पानी संकलन गरीनेछ र खेल मैदानको दुबोको सिंचाईका लागि प्रयोग गर्ने उद्देश्य राखिएको जनाएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest