काेराेनाबाट बच्न पारसकाे सन्देश

कोरोनाका कारण यतिबेला विश्वमा नै माहामारीको रुप लिइरहेको छ । जसले गर्दा यसको त्रास विश्वका सबै देशमा रहेको छ । यस्तो गहन परिस्थितीबाट बच्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले विशेष सन्देश आफ्नो सोसियल मिडियामा सबैलाई दिएका छन ।

उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा सबैलाई अत्याबश्यक कामबाहेक बाहिन ननिस्कन आग्रह गरेका छन । उनले ब्यक्तिगत र नेपाली क्रिकेट टिमका तर्फबाट सबैलाई यो आग्रह गरेका हुन ।

यसका साथै उनले सबैले आफ्नो तर्फबाट जिम्मेवारी लिएर आगामी दिनमा यो कठिन परिस्थितीबाट निस्कन सहज हुने बताएका छन । उनले भनेका छन, हामी सबै मिलेर यो महामारीबाट लडौं, ब्यक्तिगत रुपमा जिम्मेवार बनेर नेपाल सरकारले दिएको निर्देशनको पालना गरौ भनेर भनेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest