आइसीसीको मुख्यालय पनि बन्द

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मुख्यालय पनि बन्द गरिएको छ ।

दुबईमा रहेको मुख्यालय अर्को सूचना जारी नहुदासम्मका लागि बन्द गरिएको हो । कार्यालय बन्द भएपनि काम भने नरोकिने आइसीसीले जनाएको छ । सबै कर्मचारीलाई कार्यालयको सट्टा घरबाट नै काम गर्न निर्देशन दिइएको छ ।

आइसीसीका अध्यष शसांक मनोहरले सबै कर्मचारीलाई विदा दिएपनि घरबाट काम गर्न निर्देशन दिइएको बताएका छन । दुबईमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि आइसीसीले सबै प्रतिनिधीसँगको छलफलपछि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण विश्वमा १५ हजार भन्दा बढिले ज्यान दिइसकेका छन । नेपालमा पनि कोरोनाको संक्रमण दुई जनामा देखिएको छ । कोरोनाकै कारण विश्वका सबै देशले क्रिकेट प्रतियोगिता स्थगित गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest