टी-२० क्रिकेट लिगका प्रभावशाली खेलाडी

टी २० क्रिकेटमा पछिल्लो एक बर्षमा सर्वाधिक प्रभाव पार्ने पाँच खेलाडीमा दुई जना वेष्ट इन्डिजका छन भने दुई जना अष्ट्रेलिया र एक जना इंग्ल्याण्डका छन ।

क्रिकेट सम्बन्धी वेबसाईट क्रिकइन्फोले गरेको अध्ययनका अनुसार पछिल्लो १२ महिनामा फ्रेन्चाइजी लिगमा प्रभाव पारेका खेलाडीमा भारतीय एउटा पनि खेलाडी छैन । बढि प्रभाव पार्ने खेलाडीले पछिल्लो १२ महिनामा ठुला लिगमा कम्तिमा १५ खेल खेलेको हुनुपर्छ ।

सो साइटले अघिल्लो बर्षको इन्डियन प्रिमियर लिगपछि अहिलेसम्मको डाटालाई अध्ययन गरेको छ । यो अध्ययनमा कम खेल खेलेर धेरै रन बनाउने र धेरे विकेट लिएर पारिएको प्रभावका आधारमा शिर्ष पाँच खेलाडी छानिएको छ ।

जसमा पाँचौ स्थानमा अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल रहेका छन । उनले यो विचमा २७ खेल खेलेका छन । जसमा उनले सात सय तीन रन बनाउँदा १६ विकेट लएका छन । उनको कुल इम्प्याक्ट १६९४ दशमलव चारको रहेको छ । जसमा उनको हरेक खेलमा पार्ने प्रभाव ६२ दशमलव सातको रहेको छ ।

दोस्रो स्थानमा अर्का अष्ट्रेलियन खेलाडी डासी सोर्ट रहेका छन । उनले २१ खेल खेलेकोमा आठ सय ४० रन बनाएका छन भने १९ विकेट लिएका छन । जसमा उनले पारेको कुल प्रभाव १३ सय ६१ दशमलव एकको रहेको छ । सोर्टले एक खेलमा ६४ दशमलव आठ प्रतिशत प्रभाव पारेका छन ।

तेस्रो स्थानमा मोयन अली छन । उनले २९ खेलमा सात सय ६१ रन बनाउँदा २३ विकेट लिएका छन । जसमा उनको इम्प्याक्टको लेभल १८८६ दशलमव सातको छ । यो अनुसार एक खेलमा उनको ६५ दशमलव एक प्रतिशत प्रभाव रहेको छ ।

दोस्रो स्थानमा वेष्ट इन्डिजका सुनील नरेन रहेका छन । उनले १९ खेलमा दुई सय ६० रन र १७ विकेट लिएका छन । जसमा उनको प्रभावको लेभल १२ सय ८१ दशमलव आठको छ । यसलाई भागा गर्दा एक खेलमा उनको प्रभाव ६७ दशमलव पाँचको छ ।

पहिलो स्थानमा वेष्ट इन्डिजकै आन्द्रे रसेल छन । उनले १९ खेलमा ६ सय नौ रन बनाउनुका साथै १७ विकेट लिएका छन । जसमा उनको इम्प्याक्टको लेभल १४५८ दशमलव पाँचको छ । हरेक खेलमा एभरेजमा उनको ७६ दशमलव सातको प्रभाव छ ।

माथि उल्लेखित सूचीमा सबै अलराउण्डर रहेका छन । कुनैपनि खेलमा अलराउण्डरले ब्याटिङ नभए बलिङ र बलिङ नभए ब्याटिङमा राम्रो गरेकी हुन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest