खेलाडीमाथि पाकिस्तान क्रिकेटकाे कडा नियम

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीका बारेमा नयाँ नियम बनाएको छ । जसमा मुख्य पाकिस्तानी खेलाडीले विश्वमा हुने चार फ्रेन्चाइजी लिगमात्र खेल्न पाउने नियम बनाएको छ । जसमा पीएसएल समावेश गरिएको छ ।

सन् २०१८ मा पीसीबीले पाकिस्तानी खेलाडीलाई विदेशी फ्रेन्चाइजी लिग खेल्न खुल्ला राखेको थियो । तर अब भने उसले नयाँ र कडा नियम बनाएको छ ।

विश्वमा खेलिने फ्रेन्चाइजी क्रिकेट लिगहरुमा पाकिस्तानी खेलाडीको मुल्य निकै कम रहेको छ । उनीहरुलाई इन्डियन प्रिमियर लिग खेल्न अनुमती छैन ।

यसका साथै १९ जना पाकिस्तानी खेलाडी जो बोर्डसँग केन्द्रिय सम्झौतामा छन, उनीहरुले नो अब्जेक्सन लेटरका लागि अन्तराष्ट्रिय क्रिकेट अपरेसन विभागमा जानुपर्नेछ ।

यसका साथै कुनै पनि प्रतियोगिताका खेल्न जानुअगाडी उनीहरुले मुख्य प्रशिक्षक वा टिम ब्यवस्थापकसँग अनुमती लिनुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest