उपचारका क्रममा कीर्तिपुरका ग्राउण्ड स्टाफकाे निधन

किड्नी खराव भएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने जयबहादुर तामाङ ९सेतेदाई० को निधन भएको छ ।

वीर अस्पतालमा उपचारपछि घर लैजादै गर्दा बाटैमा निधन भएको पारिवारि श्रोतले जनाएको छ । फागुन २८ गते किड्नीमा झन समस्या देखिएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना भएका थिए । त्यो भन्दा अगाडी उनले स्टार हस्पिटलमा पनि चेक गराएका थिए ।

करिव १५ बर्ष कीर्तिपुर क्रिकेट मैदानमा स्टाफका रुपमा काम गरेका उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि उठेको थियो ।

सिप्यानले उनको उपचारका लागि राम्रो रकम दिएको थियो । यस्तै नेपाली क्रिकेट समर्थक समाज ९एनसीएसएस० ले पनि आर्थिक सहयोग जुटाउन पहल गरेको थियो । केही रकम हस्तान्तरण पनि गरेको थियो ।

पछिल्लो केहि समय देखि उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । उनको उपचार औषधी खाएर हुने डाक्टरले आश्वासन दिए पनि उनलाई अरु समस्या पनि रहेकाले निको हुन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest