काेराेनाविरूद्ध लड्न सिप्यानकाे सहयाेग

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र शिक्षा क्षेत्रीमा समर्पित संस्था एनसीसीएस समुहले सिप्यान अवार्डका विभिन्न विधामा दिइने भनिएको पुरस्कार रकम कोरोना भाइरसको संक्रमण, रोकथाम तथा उपचारका लागि स्थापन गरेको कोषमा सहयोग गर्ने भएको छ ।

सिप्यानले एनसीसीएस र सिप्यानले संयुक्त रुपमा चार लाख ६२ हजार रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय गरेका छन । सिप्यान क्रिकेट अवार्ड २०२० मा विभिन्न पाँच विधाका खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको थियो ।

तर कोरोनाका कारण चैत्रमा हुने भनिएको यो कार्यक्रम स्थगित भएको थियो । अब सो अवार्डमा खेलाडीलाई उत्कृष्ट भएबाफतको रकमलाई सिप्यानले सबै क्रिकेट खेलाडीको प्रतिनिधित्व गर्दै कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यसका साथै यसपटकको अवार्डपनि रद्द भएको छ । अब २०२१ मा सो अवार्ड गरिने जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest