फ्लेनकाे क्रिकेट जीवनबाट सन्यास

न्यूजिल्याण्डका पूर्व ओपनर डेनीयल फ्लेनले क्रिकेट जीवनबाट सन्यास लिएका छ । १६ बर्षको अन्तराष्ट्रिय यात्रालाई पुर्णविराम दिएका फ्लेन विस्फोटक ओपनरका रुपमा परिचय बनाएका थिए ।

उनलाई मानिसले फ्लेइनी भनेर उपनाम दिएका थिए । न्यूजिल्याण्डका लागि डेनीयलले २४ टेष्ट र २० एकदिवसिय खेल खेलेका थिए । यस्तै पाँच टी २० मा देशको प्रतिनिधित्व गरेका थिए । जसमा उनले कुल १३२५ रन बनाएका थिए ।

इंग्ल्याण्डविरुद्धको खेलमा टेष्टमा डेब्यु गरेका डेनीयलले एक सय १८ बलमा २९ रन बनाउँदै बराबरी गराएका थिए । त्यसपछि उनले जेम्स एन्डरसनको बाउन्सर बलमा दुई वटा दाँत भाच्न पुगेका थिए । त्यसपछि पनि उनले क्रिजमा आफ्नो भूमिकालाई निकै राम्रोसँग निभाएका थिए ।

उनले सिनियर टिममा लामो समयसम्म रहन नसकेपछि घरेलु क्रिकेटमा भने उनले निकै राम्रो गरेका थिए । जसमा उनले एक सय पहिलो श्रेणीका खेल खेलेका थिए । जसमा २० शतक रहेका छन । उनले ७२ खेलमा कप्तानी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest