सरफराजले ब्याट अक्सनमा राख्ने

पाकिस्तानी क्रिकेट टिमका कप्तान सरफराज अहमेदले सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफिमा खेलेको ब्याटि अक्सनमा राख्ने भएका छन । कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्नका लागि उनले ब्याट अक्सनमा राख्ने भएका हुन ।

कोरोनाका कारण पाकिस्तान सुपर लिगको नकआउट चरण स्थगित भएको थियो । पाकिस्तानाम पनि कोरोनाको असर देखिएको छ । उनले सो ब्याटको अक्सनबाट उठेको रकम भाइरसका कारण कठिन भएको खेलाडी, ग्राउण्डस्टाफको सहयोगमा खर्च गरिनेछ ।

सन् २०१७ मा पाकिस्तानले भारतलाई हराएर च्याम्पियन्स ट्रफिको उपाधि जितेको थियो । सो प्रतियोगितामा सरफराजले दुई खेलमा ब्याटिङ गरेका थिए । जसमा उनले ७६ रन बनाएका थिए । उनले पछिल्लो पटक पीएसएलमा क्वेटा ग्लाडियटर्सको कप्तानी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest