एकैपारीमा धेरै रन दिने नेपाली बलर

नेपालले अन्तर्राष्ट्रिय ओडीआई मान्यता पाएपछि अहिलेसम्म १० खेल खेलको छ । त्यसमा पाँचमा जित र पाँचमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध उसकै मैदानमा खेलेको थियो । त्यसपछि नेपालले अन्तिम खेल घरेलु मैदानमा अमेरीका विरुद्ध खेलेको थियो ।

आज हामी नेपालका तीन जना बलर जसले एकै पारीमा धरै रन खाएका थिए । उनका बारेमा कुरा गर्नेछौ ।

३. सोमपाल कामी

सन् २०१९ जनवरी २८ तारिखमा दुबईमा भएको युएई विरुद्धको खेलमा सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएका थिए । जसमा उनले एक विकेट लिएका थिए । ६ दशलमव तीन तीनको इकोनोमीमा बलिङ गरेका सोमपालले सो खेलमा तीन ओभर मेडेन राखेका थिए ।

त्यसअिघ सन् २०१८ अगष्ट ३० ताखिरमा मलेसियाको क्वालालम्पुरमा भएको खेलमा युएई विरुद्ध नै सोमपालले धेरै रन खर्चिए । एशिया कप छनोटको सो खेलमा उनले १० ओभरमा ५८ रन दिए । जसमा उनले दुई विकेट लिएका थिए । तर रन दिने मामलामा उनी तेस्रो खेलाडी बने । उनको सो खेलमा इकोनोमीपाँच दशमलव आठ शुन्यको थियो ।

२. करण केसी

एशिया कप छनोट अन्तर्गत युएई विरुद्धको खेलमा नै करण केसीले ८ ओभरमा ६१ रन खर्चिए । जसमा उनले न मेडेन राखे न विकेट लिन सके । दुई अतिरीक्त रन दिएका करणले सात दशमलव ६२ को इकोनोमीमा बलिङ गरेका थिए ।

त्यो खेलमा युएईले ५० ओभरमा २५४ बनाएको थियो । जसमा उसले नौ विकेट गुमाएको थियो ।

१. सन्दिप लामिछाने

एकदिवसिय क्रिकेटमा नेपालका लागि धेरै विकेट लिने खेलाडीको शिर्ष स्थानमा सन्दिप लामिछाने छन । उनले अहिलेसम्म २३ विकेट हात पारेका छन । तर एकै खेलमा धेरै रन दिने खेलाडीको सूचीमा पनि उनी शिर्ष स्थानमा छन ।

घरेलु मैदानमा केहि महिना अगाडी भएको खेलमा सन्दिपले ओमान विरुद्धको खेलमा १० ओभरमा ६५ रन दिएर सर्वाधिक महंगो खेलाडी बने । ओमानी ब्याटिङ अगाडी उनी निकै फितलो बने । जसमा सन्दिपले न एक ओभरपनि मेडेन राखे नत विकेट नै हात पारे ।

विकेट नपाएपछि केहि तनावमा देखिएका सन्दिपले रनलाई रोक्न पनि सकेनन् । सो खेलमा उनको इकोनोमी ६ दशमलव ५० शुन्यको थियो । यो खेल विश्वको चार हजार दुई सय ४१ औं एकदिवसय खेल थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest