कोरोनाको महामारीले खेलकुद गतिवधिको तालिका अन्यौलतातर्फ धकेलिरहेको बेला अष्ट्रेलियाको आयोजक समितिले टि २० विश्वकप समयमा हुन सक्ने बताएको छ ।
आयोजक समितिले यसै वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने टि २० विश्वकप समयमा आयोजना गर्ने तैयारीमा रहेको बताएको हो ।
टि २० विश्वकप आयोजक समितिका प्रमुख कार्यकारी निक हकलाई उद्घृत गर्दै आयोजकहरु विश्वकप निर्धारित समयमा गर्ने तैयारीमा रहेको बताएको छ ।
निकले भनेका छन्,‘यो विषम परिस्थितीमा पनि हामी सर्वश्रेष्ठको खेलको उच्चतम विश्वकप गर्न सक्षम छौ र सबै ठिक भयो भने अक्टोबरमा विश्वकप गर्न अष्ट्रेलियाको आयोजक समिति तैयार अवस्थामा हुनेछ ।’
उनले भने,‘हामी आयोजक समति,आईसिसि र सबै सदस्य राष्ट्रहरुसँग कुराकानी गर्दैछौ । यदिकुनै परिवर्तन हुने भयो भने हामी सबैलाई जानकारी गराउनेछौ । तर अहिलेलाई मात्र ७ महिना बाँकी छ । अष्ट्रेलियामा स्थगित रहेका अन्य खेल पनि सेप्टेम्बरमा शुरु हुन्छ,यदि भयो भने पनि ।
Discussion about this post