बीसीसीआइले पहिलाे श्रेणीका खेलाडीकाे तलव २०० प्रतिशत बढाउने

भारतीय क्रिकेट बोड बीसीसीआईले प्रथम श्रेणी घरेलु क्रिकेट खेलाडीहरुकोे पारिश्रमिकमा भारी वृद्धि गर्ने भएको छ ।

सौरभ गांगुली बीसीसीआईका अध्यक्ष बन्नसाथ पहिलो प्रतिक्रियामा घरेलु क्रिकेट खेलाडीहरुको पाश्रिमिकमा वृद्धि गर्ने बताएका थिए । त्यही अनुरुप बिसीसीआई अध्यक्ष गांगुलीको नेतृत्वमा प्रथम श्रेणी क्रिकेट खेलाडीहरुको पारिश्रमिकमा २ सय प्रतिशतवृद्धि हुने भएको हो ।

बीसीसीआईले नयाँ तलब योजनालाई ग्रिन सिग्नल दिने तैयारी गरिसकेको छ । यो प्रस्तावको स्वीकृतिमा घरेलु क्रिकेटरहरूको तलब वार्षिक ५० देखि ७० लाख भारतीय रूपैयाँ हुनेछ ।

अहिले प्रत्येक घरेलु क्रिकेटरको लक्ष्य भनेको ईण्डियन प्रिमियर लिग(आईपीएल) खेल्नु हो किनभने उनिहरुले त्यहाँ राम्रो पैसा पाउँछन् । भारतीय खेलकुद अनलाईन स्पोर्टस् किडाका अनुसार बीसीसीआईले घरेलु क्रिकेटरहरूको तलबमा बृद्धि गरिसकेपछि स्थिति फरक हुनेछ । प्रशासक समितिले घरेलु क्रिकेटरको तलब २०० प्रतिशत बढाउन भन्यो र बीसीसीआईको स्वीकृति पाएपछि घरेलु क्रिकेटरहरूले ५० देखि ७० लाख भारतीय रूपैयाँ सम्म वार्षिक तलब पाउने छन् ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले यसबारे अधिकारीलाई जानकारी गराइसकेका छन् र यसका लागि बीसीसीआईले आफ्नो राजस्व बाँडफाँड परिवर्तन गर्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest