बटलरकाे जर्सी ६५ हजार पाउण्डमा लिलाम

इ‌ग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले लिलाममा राखेकाे विश्वकपको फाइनलमा प्रयोग गरेको जर्सी ६५ हजार पाउण्डमा बिक्री भएको हो ।

कोरोना भाईरसको महामारीविरुद्ध सहयाेगका लागि बटलरले जर्सी लिलामीमा राखेका थिए ।

बट्लरको जर्सीलाई ८२ जनाले बोली लगाएका थिए । अन्त्यमा उनको जर्सी सर्वाधिक ६५ हजार १ सय पाउण्डमा बिक्री हाे ।

२०१९ मा भएको एकदिवसीय विश्वकपमा इग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्दा बट्लरले ५९ रनको पारी खेलेका थिए । साे जर्सी लिलामबाट आएकाे रकम रोयल ब्रोम्प्टन एण्ड हारेफिल्ड अस्पताललाई सहयोग गर्ने बताएका थिए ।

इंग्ल्यान्डमा ५५ हजार बढीमा कोरोनाको संक्रमित रहेका छन् भने ६ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest