आइसीसीकाे नयाँ बरियतामा दुबै विधामा नेपाल यथावत

कोरोना भाइरसका कारण यतिबेला क्रिकेट गतिविधी ठप्प भएका बेला आइसीसीको नयाँ बरियतामा पनि कुनै फरक आएको छैन । अघिल्लो महिनामा जुन बरियता टिमको थियो, त्यहि बरियता कायम राखेका छन ।

यस्तैमा नेपालले पनि एकदिवसिय र टी २० क्रिकेटमा नेपाल अघिल्लो महिन कै बरियतामा यथावत रहेको छ । नेपाल एकदिवसिय बरियतामा १६ औं र टी २० बरियतामा १५ औं स्थानमा कायम रहेको छ ।

यसका साथै शिर्ष टिमहरुको बरियतामा पनि कुनै फरकपन आएको छैन । कोरोनाका कारण खेलमात्र होइन, आइसीसीको मुख्यालय पनि बन्द रहेको छ । त्यसैले कुनैपनि टिमको बरियतामा परिवर्तन भएको छैन ।

एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ भने टी २० मा २७ खेलमा एक सय १८ रेटिङ पाएको छ ।

एकदिवसियमा इंग्ल्याण्ड शिर्ष स्थानमा यथावत रहेको छ भने दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्यूजिल्याण्ड, चौथो स्थानमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अष्ट्रेलिया छ ।

टी २० को बरियतामा पहिलो स्थानमा पाकिस्तान दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा इंग्ल्याण्ड रहेको छ ।

ब्यक्तिगत तर्फ एकदिवसिय बरियतामा नेपालका कुनैपनि खेलाडी शिर्ष १०० मा अटाएका छैनन् । टी २० मा ब्याटिङमा पारस खड्का ७५ औं स्थानमा यथावत रहेका छन । बलिङमा सन्दिपले झिनो छलाङ मारेका छन । उनी हाल ८४ औं स्थानमा आएका छ ।

यसअघि एक स्थान तल रहेका थिए । यस्तै टी २० को अलराउण्डमा पारस २६ औं स्थानमा यथावत रहेका छन भने सोमपाल कामी ७३ औं स्थानमा कायम छन । करण केसी भने ८८ औं स्थानमा पुगेका छन । उनीयसअघि ८५ औं स्थानममा थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest