टेष्ट च्याम्पियनसिपका बारेमा पाकिस्तान कप्तानकाे भनाइ

पाकिस्तानी टेष्ट क्रिकेटका कप्तान अजर अली र प्रशिक्षक तथा चिफ सेलेक्टर मिस्वा उल हकले टेष्ट च्याम्पियनसिपको मिती लम्ब्याउनु पर्ने बताएका छन ।

कारोना भाइरसका कारण क्रिकेट क्यालेन्डरमा नराम्रो असर गरेको भन्दै दुबै जनाले आइसीसीले विश्व टेष्ट च्याम्पियनसिपको मिती बढाउनुपर्ने बताएका हुन । अललाईन भिडियो कन्फ्रेन्समा बोल्दै अलीले क्रिकेटलाई सुचारु गरेर टेलिभिजनमा ल्याउनका लागि बन्द रंगशालामा खेल्नुको विकल्प नभएको बताएका छन ।

अलीले टेष्ट च्याम्पियनसिपले हामी कहाँ छौ भन्ने देखाउने बताउँदै पाकिस्तानले आगामी दिनमा दुई ठुला सिरीज खेल्नुपर्ने रहेको धारणा राखे । साथै उनले न्यूजिल्याण्ड र अष्ट्रेलियासँगको सिरीजले हामीलाई फाइनलमा पुग्ने संभावना कायम राख्ने बताए ।

क्रिकेट क्यालेन्डरले खेलाडीको करियर नै स्टक भएको अलीको धारणा छ । उन गत अक्टोबरमा मात्र सरफराज अहमदको स्थानमा पाकिस्तानको टेष्ट कप्तान बनेका थिए । उनको कप्तानीमा पाकिस्तानले पाँच टेष्ट खेलेको छ । जसमा अष्ट्रेलियासँग सिरीज दुई शुन्यले गुमाएको थियो । श्रीलंकासँग र बंगलादेशसँग जितेको थियो ।

यसअघि मुख्य प्रशिक्षक मिस्वा उल हकले पनि टेष्ट च्याम्पियनसिपको मिती बढाउनुपर्ने बताएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest