एशिया कप हुनेमा अन्याेल

कोरोना भाइरसका कारण यतिबेला जताजतै त्रास फैलिरहेको छ । पछिल्लो एक महिना देखि विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण विश्व खेलकुद बन्द छ ।

यस्तैमा क्रिकेट प्रतियोगिता पनि बन्द नै रहेका छन । यस्तोमा सेप्टेम्बरमा हुने एशिया कप के हुने भन्नेमा अझै एकिन छैन । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले कोरोनाको अवस्था अझैपनि नाजुक रहेकाले तोकेको समयमा हुन्छ भन्ने संभावना नभएको बताए । यस विषयमा एक महिनापछि निर्णय गर्ने उनले बताए ।

उनले एशिया कपका बारेमा अहिले नै आंकलन गर्नु उचित नभएको बताए । सेप्टेम्बरमा कस्तो माहोल बन्छ, त्यसमा भरपर्ने उनले बताए । त्यसैले अझै एशिया कप हुनेमा संका नै जस्तो देखिएको उनले बताए ।

एशिया कपमा भारत पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगालदेश सहभागि हुने पक्का छ । छैटौ टिमको छिनोफानो छनोट चरणबाट हुनेछ । यो प्रतियोगिताका लागि क्षेत्रीय छनोटमा नेपाल समुह चरणबाट बाहिरीएको थियो । अब अन्तिम छनोट प्रक्रिया मलेसियामा हुनेछ । सो प्रतियोगिता पनि कोरोनाको असरले हुने नहुने एकिन छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest